Trending
>>   बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल >>   जनार्दन शर्माको ‘नयाँ सपना’: रुकुममा समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता >>   मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य >>   सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्नुस् : राजेन्द्र लिङदेन >>   टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु >>   ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ >>   देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति >>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन् ।

शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए । यसले कतिपय सांसदहरुले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको बताए । उनले राजनीतिक स्थिरता नभइकन विकास सम्भव नहुने बताए । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।

अध्यक्ष यादवले भने, ‘राजनीतिक स्थिरता नभइकन विकास हुँदैन । धेरै कुरा भताभुङ्ग भएर जान्छ । त्यो पनि अर्धसत्य त हो । थाइल्याण्डमा राजनीतिक स्थिरता कम छ, विकास तिब्र गतिले अघि गइरहेको छ । हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ ? अरु देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै श्रोत,साधन त्यहीँ पुयाउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन् । अर्को पटक जनताले भोट पनि हाल्दैनन् । के गरिस् । के विकास गरिस् भन्छन् । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ । त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ ।’

अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?