Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्नेगरेको बताका छन् ।

शनिवार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाए । उनले नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानूनहरु बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गरे । महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रुपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाए । बाहिरबाट सामान आयात गरेर बढीभन्दा बढी नाफा कमाउनकै लागि दलाल पुँजीवादीहरुले उद्योग खोल्ने बातावरण नबनाइदिएको उनको भनाई थियो ।

उनले भने, ‘यो तमाम चिजहरु सबै हाम्रो आजसम्म पनि दलित समस्या रहेको, हामीले ऋण बोकेको, हामी इण्डिाभन्दा हेपिएको, हामीलाई इण्डियनहरुले हेपेको, हामीलाई नाकाबन्दी लगाएको, अहिलेपनि हामीलाई हेप्नेक्रम नरोकिएको, हाम्रो उद्योग बढ्न नदिनका लागि अनेक कानुनहरु ल्याएको, प्रपञ्च गरेको, नेपालमा घुसखोरी बढेको यी सारा कुराको जड के हो भन्दा हामीकहाँ उद्यम भएन । यही विषय हो अहिले एकीकृत समाजवादीले उठाएको मुद्दा । रोजगारी रोजगारी भनेको यही मुद्दा हो । यो इतिहासको, यो समाजको सबैभन्दा महत्वपूर्ण आधारभूत मुद्दा हो । किनभने मान्छेले काम गर्छ, मुस्किलले खान पुग्छ वा पुग्दैन । हाम्रो देशको कृषिको हालत यस्तै छ । किनभने बिउ राम्रो हुँदैन, समयमा पानी पर्दैन, टेक्नोलोजी छैन, जेटिएहरु छैन । कहिँ केही उत्पादन भइहाल्यो भने बजार छैन । त्यसकारण कोही कोही उद्योगले राम्रो गरेको छु भन्नु भनेको झुक्किएर राम्रो भएको हो । त्यसरी झुक्किनु भनेको दुई वा तीन वर्षमात्र हो । सामान्य अवस्थामा कृषिमा लागेको मानिस डुब्नुको विकल्प नै छैन । हाम्रो कृषि उद्योग किन यस्तो भन्दा खासमा हाम्रो अर्थतन्त्रको चरित्र दलाल पूँजीवादी छ । दलाल पूँजीवादी भनेको के हो भन्दा बाहिरबाट सामान आयात गर्ने यहाँ बेच्ने र नाफा कमाउने । बाहिरबाट सामान ल्याएर बढी नाफा गर्न के गर्नुपर्छ भन्दा यहाँ उद्योग खोल्न दिनुहुन्न । त्यसका लागि अर्थमन्त्रीलाई भनेर प्रधानमन्त्रीलाई भनेर, सांसदहरुलाई भनेर के गर्ने भन्दा उताबाट सामान जुन ल्याइन्छ त्यो सामानको मूल्यभन्दा कच्चा पदार्थको भन्सार महंगो गरिदिएपछि यहाँका उद्योगहरु सञ्चालन हुँदैनन् । जस्तो कि जुस बनाएर ल्यायो भने त्यसमा कम भन्सार लगाइदिने तर फलफुल ल्याउँदा भने भन्सार बढी लगाइदिने जस्ता कार्यले यहाँ उद्योग फस्टाउन सकेका छैनन् ।’

उनले नेपालका उद्योगहरु सञ्चालन हुन नदिनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरुलाई समेत प्रलोभनमा पार्ने गरेको दावी गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?