Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं किरण चेम्जोङ


काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न खेलाडीहरू विस्तारै अभ्यस्त हुन थालेको बताएका छन् ।

एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को तयारीमा रहेको नेपाली टोलीका कप्तान किरणले नयाँ प्रशिक्षक म्याट रसको प्रशिक्षण शैलीमा अभ्यस्त हुन समय लागे पनि अहिले सहज भएको बताए । छनोटको दोस्रो खेलमा नेपालले आगामी जुन १० मा घरेलु टोली लाओसविरुद्ध तयारी गर्दैछ । त्यसअघि नै नेपाली टोलीले आगामी बिहीवार हङकङसँग खेल्नेछ । यसैको अन्तिम तयारीमा नेपाली टोली अहिले जुटेको छ । कप्तान किरणले २५ दिन मैदानमा र पाँच दिन हाई अल्टिच्युड प्रशिक्षणपछि टोलीको तयारी राम्रो भएको बताए । नयाँ प्रशिक्षक रसको प्रशिक्षणमा पहिलो खेलको तयारी त्यति प्रभावकारी बन्न नसकेको कप्तान किरणको भनाइ छ ।

तर अहिले पर्याप्त तयारी मिलेको र प्रशिक्षको शैलीमा पनि अभ्यस्त भइरहेको कप्तान किरण बताउछन् । उनले अहिले टिम स्पिरिट पनि बढेको र माहोल राम्रो भइरहेको विश्वास व्यक्त गरे। टिम बन्डिङको हिसावले पनि हाइ अल्टिच्युट ट्रेनिङ प्रभावकारी बनेको उहाँको विश्वास छ । हाई अल्टिच्युडको प्रशिक्षणपछि समुन्द्री सतहमा प्रशिक्षण गर्दा सहज हुने अपेक्षासहित नयाँ प्रयोग भएको कप्तान किरणको भनाइ छ । यहाँबाट नयाँ र राम्रो अनुभव प्राप्त गरेको नेपाली टोलीको विश्वास छ । कप्तान किरणले पछिल्लो दुई हप्तामा रसको प्रशिक्षण शैलीलाई खेलाडीले बुझ्न थालेको पनि उल्लेख गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत फागुनमा अस्ट्रेलियाका रसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनको प्रशिक्षणमा नेपालले छनोटको पहिलो खेल पनि खेलिसकेको छ । जुन खेलमा मलेसियासँग नेपाल २–० ले पराजित हुनुपरेको थियो । तर यो खेलमा सात दिनको प्रशिक्षणबाट खेलेको र जसको कारण नयाँ प्रशिक्षक दर्शन बुझ्न समय लागेको उनी बताउछन् । तर पछिल्लो समयमा सुधार भएको उनको विश्वास छ । प्रशिक्षकले दिएको जिम्मेवारीअनुरूप खेलाडी तयार हुनुपर्ने उनको भनाइ छ । प्रशिक्षकको रणनीतिअनुरूप खेल्न नसक्दा टिमबाट बाहिरिनुको विकल्प पनि नहुने कप्तान किरणको बुझाइ छ । नेपाली टोलीका गोलकिपरसमेत रहेका किरणले खेलाडीको फिटनेससँगै डिफेन्स र काउन्टर अट्याकमा धेरै सुधार आएको विश्वास व्यक्त गरे ।

समग्रमा भन्नुपर्दा रसको प्रशिक्षणमा पहिलो खेलभन्दा टोलीमा धेरै सुधार आएको उनी बताउछन् । त्यसैले लाओसमा जित्नकै लागि खेल्ने कप्तान किरण बताउ छन् । हङकङसँगको मैत्रीपूर्ण खेलले लाओसविरुद्ध भिड्नुअघि टोलीलाई तयार बनाउने उनले बताए । जुनियर र सिनियर खेलाडी एकआपसमा राम्रोसँग घुलमिल भएको कप्तान किरणले बताए । नेपाली टोलीका प्रशिक्षक रसले लामो समयदेखि तयारीपछि टोलीमा सुधार आएको आशा व्यक्त गरे । मनाङमा हाई अल्टिच्युट प्रभावकारी बनेको उनको विश्वास छ । खेलाडीलाई पर्याप्त रेस्टपछि फिटनेसमा पनि काम भएको उनले बताए । टोलीमा केही सुधार गर्ने उद्देश्यले नै हाइ अल्टिच्युड प्रशिक्षण गरेको प्रशिक्षकको भनाइ छ ।

उनले टिम छनोट गर्न आफ्ना लागि धेरै कठिन रहेको पनि उल्लेख गरे । प्रशिक्षक रसले हङकङ धेरै राम्रो टोली भए पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे। जित निकाल्न लक्ष्यसहित मैदान उत्रने उनी बताउछन् । मलेसियासँगको खेलबाट ट्याक्टिल रूपमा सुधार आवश्यक देखेको उनले बताए । त्यसपछि केही केही पक्षमा काम गरेको उनले बताए । खेल अवधिभर नै एकै किसिमको प्रदर्शन जारी राख्न काम गरेको प्रशिक्षक रसले बताए । खेलाडी सदैव फिट रहने सधैजसो राम्रो जीवनशैली अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले पनि आफ्नो फुटबल शैलीमा खेलाडीलाई खेल्न गाह्रो नभएको बताएका छन् । केही पक्षमा बुझ्न गाह्रो भएपनि खेलाडीले छिट्टै त्यसबारे सोध्ने गरेको उनको अनुभव छ ।

एशियन कप २०२७ को छनोट चरणको आगामी खेलमा राम्रो नतिजा प्रशिक्षक रसको विश्वास छ । केही युवा खेलाडी टोलीमा रहनुले आक्रामण चुस्त बन्ने आशामा प्रशिक्षक रस छन् । छनोटको अन्तिम चरणमा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन् । नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?