Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कुनै हैसियत नभएको बताएका छन् ।
योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इक्षाशक्ति नरहेको बताए । गफ हाँक्ने बाहेक सरकारले कुनै काम गर्न नसकेको बताए । उनले आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गरे । एमालेको अहिले देश, दुनियाँमै बेइज्जत भएको उनको आरोप छ ।

अध्यक्ष दाहालले भने , ‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इक्षाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्ने बाहेक केही छैन । उनीहरुले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखयौँ । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’

अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?