Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन्


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका छन् ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् । उनले नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको बताए । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरु नै भएको आरोप उनको छ । राजाहरुले नै मूर्ति चोरेर विदेशमा पूर्याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरुलाई विचरा थाहा छैन । उनीहरुलाई भर्खर शान्ति सम्भतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरुलाई त राजाले के गर्यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाईहरु र राजाहरुले नै गरेको भन्नेकुरा उनीहरुलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पुराउने को हुन् ? भनिदिनुपर्यो जनतालाई । तस्कारका नायिकेहरु को हुन्, भनिदिनुप¥यो जनतालाई । नारायणहिटी हत्यकाण्डका नायिकेहरु को हुन् ? भन्नकुरा भनिदिनुपर्यो जनतालाई ।

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरुलाई नभएको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?