Trending
>>   केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट >>   इजरायलमा इरानी रकेट आक्रमणबाट ३ जनाको मृत्यु, १७२ घाइते >>   एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो >>   बंगलादेशसँग बिजुली विक्री शुरू : ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात >>   आज मिति २०८२ साल असार ०१ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ?


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताएका छन् । उनले संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने बताउदै अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए । उनले राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन चुनौति दिएका छन् । राजतन्त्र आएपछि हुन्छ के ? भन्ने प्रश्नको जवाफ चाहिने बताए ।

महामन्त्री थापाले भने, ‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ,यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ । यसबाट शिक्षित भएका मानिस भयौँ । हामी सँगसँगै एउटा निष्कर्षमा पुग्याँै, नेपालको राजसंस्था, नेपाली काँग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन । नेपालको राजसंस्था राजतन्त्रवादी भयो । नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो, न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन । त्यसैले हाम्रो डिभेड संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन । हाम्रो डिभेड नेपालमा की राजा रहन्छ, राजसंस्था रहन्छ, कि गणतन्त्र रहन्छ, कुन छान्ने भन्ने हो । नेपालको राजा राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ । हामीले प्रश्न गर्नुप¥यो नि । प्रश्नको जवाफ चाहियो । राजतन्त्र आयो ल । गर्ने के ? त्यसपछि के भयो ? योजना के हुन् ? रोजगारीको समस्या अहिलेको सबैभन्दा ठूलो समस्या हो । आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ । म के विश्वास गर्दछु भने उहाँ भन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्तिहरु काँग्रेसमा दर्जनौँ रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?