Trending
>>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान >>   जटिल बनेको बेरोजगारी समस्या हटाउन योजनाको चाङ, बजेट न्युन >>   माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा >>   माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा >>   संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले >>   संसदलाई अवरुद्ध गर्नु जनताको अधिकार वन्धक बनाउनु होः काँग्रेस >>   केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट >>   इजरायलमा इरानी रकेट आक्रमणबाट ३ जनाको मृत्यु, १७२ घाइते
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेनः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताए । उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताएका हुन् । बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए । दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताए ।

उपमहासचिव शर्माले भने, ‘केही नयाँ कुराहरु त आएका छन् । नयाँ कुरा सँगसँगै निर्यात भन्दा आयात १० गुणा गर्ने आजको हाम्रो अवस्था छ । त्यो १० गुण आयातको अवस्थालाई बदल्नका लागि त्यसलाई सन्तुलनतिर लैजानका लागि वा हाम्रा निजी क्षेत्रहरुलाई हाम्रो साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्ला ? तपाईंहरुलाई त्यतातिर लैजान केही सहुलियत, किसानसँग तपाईंहरुलाई जोड्ने कार्यक्रम, हाम्रा श्रोत, साधानसँग जोड्ने कार्यक्रम बजेटमा खोजिरहेको छु । मैले नभेटेको पनि हुनसक्छ । नेपालको जुन वर्तमान आर्थिक प्रणाली, कार्यान्वयनको संरचना छ, जुन तरिका छ, त्यसको पुनःसंरचना जरुरी छ । दुई ठूला पार्टीको शक्तिशाली सरकार छ । त्यस अर्थको अपेक्षा होला । सायद त्यस्तो सरकारको अर्थमन्त्री थिइन, मैले सकिन होला । अहिले त हाम्रो अर्थमन्त्रीजी त धेरै शक्तिशाली हो नि ।’

उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्नसके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौति रहेको बताए । बजेट आज चाहिएको जस्तो नभएको जिकिर गरे । अर्थतन्त्रको विस्तार, समृद्धिका लक्ष्यहरु पूरा गर्न बजेटले नसक्ने बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?