Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भूुमिका खेल्न सक्नुपर्ने बताएका  छन्।

शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाली पत्रकारिताको इतिहासस् छापादेखि डिजिटलसम्म’ पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । पछिल्लो समय मिडिया र सम्पादकहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न नसकेको उनको भनाइ छ । मन्त्री पन्तले भारतीय युट्युबरहरुको उदाहरण दिँदै नयाँ मिडियाले समाचार, विश्लेषण र व्यङ्ग्यलाई संयोजन गरेर जनमानसमा प्रभावकारी उपस्थिति जनाइरहेको उल्लेख गरे ।

उनले पत्रकारितामा न्यु मिडियाको प्रभाव बढेकै कारण नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको समेत जिकिर गरे । मुलधारका मिडियाहरूले आफूलाई समयसापेक्ष अगाडि बढाउने र तथ्य र तथ्याङ्कमा टेकेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘राम्रो पत्रकारिताले राम्रो पत्रकारहरू जन्माउँछ । पत्रिकाले पत्रकारहरू जन्माउँछ । राम्रा पत्रिकाहरू सधैँ चाहिन्छ किनभने राम्रा पत्रिकाहरूले राम्रा पत्रकारहरू जन्माउँछन् । कुनै बेला पत्रकारितामा सम्पादकहरूको कमान्ड थियो । तर आज छैन । आजका सम्पादक र मिडिया मालिक पनि निर्णायक भएका छैनन् आज कुनै व्यक्तिले सामाजिक सञ्जालमा लेख्यो भने उसका लाखौँलाख दर्शक हुन सक्छन् । अहिले मूलधारका मिडियाभन्दा युट्युबरहरुले सत्ता हल्लाइरेका छन् । अहिले मिडियाको कन्टेन्ट परिवर्तन भएको छ । नेपालमा पनि मिडियाको स्वरूप चेन्ज भएकै कारण नयाँ पार्टीहरू जन्मेका हुन् । आज कुनै सिप नभए पनि रातारात लोकप्रिय हुन सक्नुहुन्छ । न्यु मिडियाले दिएको कुरा यही नै हो ।’

मुलुकको लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न सञ्चारमाध्यमहरूको महत्वपूर्ण भुमिका रहेको मन्त्री पन्तको भनाइ रहेको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?