Trending
>>   इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ >>   भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु >>   जनतालाई निकास चाहिएको छ, अब नयाँ वैकल्पिक धारा चाहिन्छः महासचिव चन्द >>   अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल >>   विगतको जगमा अब नयाँ ढङ्गले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः अध्यक्ष भट्टराई >>   २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल >>   आज मिति २०८२ साल जेठ ३१ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक >>   प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएका सूचना >>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

नेपाल एमेच्योर ओपन गल्फ हुने


काठमाडौँ। दक्षिण एशियाका पाँच राष्ट्रका खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलवारदेखि शुरु हुने भएको छ ।

आगामी मंगलवारदेखि गोकर्ण गल्फ कोर्समा नेपाल एमेच्योर ओपन च्याम्पियनसिपको ११ औं संस्करण हुन लागेको हो । नेपाल गल्फ संघको आयोजनामा हुने प्रतियोगिता स्टोक प्ले फरम्याटमा हुँदैछ । शुक्रवार संघले पत्रकार सम्मेलनमार्पत प्रतियोगिताबारे जानकारी दिएको हो । पार ७२ को गोकर्ण गल्फ क्लबमा तीन दिनसम्म कुल ५४ होलमा प्रतिष्पर्धामा हुनेछ । नेपालसहित बंगलादेश, श्रीलंका, भूटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडी पुरुषमा व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रका समान दुई खेलाडी चयन गरिएको छ ।

कुल ३६ होलको समाप्तीमा संयुक्त स्कोरका आधारमा विजेता तय गरिने संघका महासचिव तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर दीपक आचार्यले जानकारी दिए । आयोजक राष्ट्र नेपालले दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ । सहभागि खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि प्रतिस्पर्धा गर्नेछ । महिलामा नेपाल र भारतका खेलाडीले मात्र चुनौती प्रश्तुत गर्नेछन् । संघले श्रीलंकाका महिला खेलाडी अन्य प्रतियोगितामा व्यस्त भएको उल्लेख गर्दै भूटान र बङ्लादेशमा महिला गल्फ खेलाडी धेरै राम्रो नरहेको जनाएको छ । यस प्रतियोगितामा कुल ४५ पुरुष र १० महिला गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।

यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ याङकिङद्वारा मान्यता पाएको संघले जनाएको छ । पुरुष तथा महिला खेलाडीहरूले पनि याङकिङ अंक प्राप्त गर्नेछन् । तर त्यसका लागि ९ ओभरभन्दा कम स्कोर हुनुपर्नेछ भने यस प्रतियोगिताले नेपालको साथै दक्षिण एशियामा युवा विकास र एमेच्योर गल्फको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिने संघले जनाएको छ । एमेच्योरमा नेपाल नम्बर एक गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले नेपाल ‘ए’ बाट चुनौती प्रश्तुत गर्नेछन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?