
काठमाडौ। केन्याको राजधानी नैरोबीमा बिहीवार संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु भएको छ । दोस्रो सत्रमा बढ्दो विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने जरुरीता केन्द्रबिन्दुमा राखिएको छ । बिहीवार र शुक्रवार हुने बैठकमा मन्त्रीहरू, शहरका मेयरहरू, कूटनीतिज्ञहरू र उद्योग, बहुपक्षीय एजेन्सीहरू, नागरिक समाज र शिक्षाविद्हरूका प्रतिनिधिहरू सहित १ हजार भन्दा बढी प्रतिनिधिहरू उपस्थित रहेको छ।
नैरोबीमा हुने दुई दिने बैठकमा सहभागीहरूले जुन २०२३ को सत्रबाट स्थगित गरिएका निर्णयहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । जसले विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने, अनौपचारिक बस्तीहरूलाई रूपान्तरण गर्ने र जनता केन्द्रित स्मार्ट शहरहरूको भविष्यको रेखाचित्र बनाउने प्रयासहरूमा जीवन्तता बडेको छ ।
विश्वव्यापी रूपमा १.१ अर्ब भन्दा बढी मानिसहरू अनौपचारिक बस्तीहरूमा बस्छन् । जबकि ३० करोड घरबारविहीन छन् ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार