
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अब अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैको साथ भए अर्थतन्त्र चलायमान बन्ने जिकिर गर्दै बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा जोड दिएको बताए । उनले कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुने भन्दै चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रश्तुत गरिएको र बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल रहेको बताएका छन् ।
उनले भने, ‘बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा फोकस छ । कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुन्छन् । तर चुनौति पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रश्तुत गरेको छु । यो बजेट कार्यान्वयनका दृष्टिकोणले प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ । यो बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल छ ।’
उपप्रधानमन्त्री पौडेलले बजेट यथार्थपरक रहेको बताएका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार