Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने


काठमाडौँ ।सरकारले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाउने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल सञ्चालित उद्योगमा यसअनुरुपको गुणस्तर वृद्धि गर्न दायि प्रतिष्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको बताएका छन् । पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी, समग्र इकोसिस्टममा परेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए । जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्ने बताए । जलवायु कोषहरुमा वित्तीय कोष अभिवृद्धि गर्ने बताए
। सगरमाथा संवादका निष्कर्षहरु कार्यान्वयन गर्ने बताए ।

विश्व समुदायसँगको सहकार्यमा जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने बताए । कार्बन व्यापारका सबै आयामहरु समेट्ने गरी नीतिगत स्पष्टता ल्याइने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?