Trending
>>   जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा >>   शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक >>   गुजरातको अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त >>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली >>   अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी >>   ‘नेपालजस्तो वन सम्पन्न देशमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण’ >>   सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल >>   संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल >>   वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष >>   एमसीसीको बजेटमा भारी कटौतीको संकेत
Logo
२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन


काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका छन् । उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने बताए । प्रयोगशालाको स्तरोन्नतिको लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने जिकिर गरेका छन् । अर्थमन्त्री पौडेलले यसबाट नमूना परीक्षणको लागि विदेशमा पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अगुपेन्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिने बताएका छन्।

उनले सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिने समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?