Trending
>>   भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु >>   इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या >>   विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट >>   अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु >>   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो >>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष


काठमाडौँ। ५ वर्षअघि शिलान्यास गरिएको वागमती प्रदेश सभा भवनको अस्थायी भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत कानून निर्माण गर्ने थलो प्रदेश सभा भवन नबनेको हो । वि.स. २०७४ फागुन १४ गतेको बैठकवाट आफ्नो कार्य सञ्चालन गर्न थालेको प्रदेश सभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो । अर्घाखाँची सगुन पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर २०७७ कार्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा भवन बनाउने ठेक्का पाएको थियो । अर्घाखाँची सगुन पारामाउण्ट जेभीले ढिलो गरी प्रिफ्याबको संरचना निर्माण गर्यो र थप कमका लागि २०८० फागुन २३ गते सिउँडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै प्रिफ्याबबाट अस्थायी संरचना निर्माणको काम भर्खरै सकिएर फर्निचर र विद्युतीय उपकरणको काम भइरहेको प्रदेश सभा सचिवालले जनाएको छ । फर्निचर र विद्युतीय उपकरणको काम गर्न प्रदेश सभा आफैंले ठेक्का लगाएर काम गरेको छ । सिउँडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचर/फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा २०८१ फागुन ४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार फर्निचरको काम ३ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने म्याद थियो । फर्निचर र विद्युतीय उपकरणको काम गत जेठ ४ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेमा निर्माण कम्पनीले ढिलाई गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बाताए ।

प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्न नसकेपछि २०७७ सालमै अस्थायी प्रयोगका लागि भन्दै यो भवन बनाउन थालिएको थियो । प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ । साँघुरो सभाहलमा धेरै कुर्सी राखिएकाले प्रदेश सभा सदस्यहरुलाई सहजै हिँडडुल र बस्न पनि कठिनाई छ ।

प्रदेश सभा सचिवालय हाल संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?