Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् ।

बिहीवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् । केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताउनुभएका अध्यक्ष दाहालले दुई बितिसक्दा समेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् । करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताए ।

उनले भने , ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’

अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसदको अवरोधको बारेमा नै छलफल भएको बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?