Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् ।

बिहीवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् । केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताउनुभएका अध्यक्ष दाहालले दुई बितिसक्दा समेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् । करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताए ।

उनले भने , ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’

अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसदको अवरोधको बारेमा नै छलफल भएको बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?