Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् । उनले सदनको अवरोध हटाउन कुनै न कुनै उपायन निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ ।

अध्यक्ष नेपालले भने, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्नेकुरामा नै अब बीचको उपाय खोज्ने भन्ने छ । अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ ।’

अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसक्नुभएको बताए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?