Trending
>>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते >>   एटमिक रिसर्च सेन्टर बनाउन पहल शुरु, जग्गा प्राप्तिको काम अन्तिम चरणमा >>   गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु >>   आज मिति २०८२ साल असार ०२ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

कृषियोग्य जमिन बाँझो राख्न नपाइने


काठमाडौँ । आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिन परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । जग्गाको लगत संकलन र प्रमाणिकरणको प्रक्रिया सम्पन्न गरी प्रमाण पुर्जा वितरण मन्त्री पौडेलले बताए । उनले जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न आवश्यक आर्थिक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पारे । उनका अनुसार सरकारले अगामी आर्थिक वर्षमा कृषियोग्य जमिन बाँझो राख्न नपाइने नीति लिनेछ ।

उनले सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिकत तथा संरक्षण गरिने बताए । कृषियोग्य भुमिको प्रभावकारी उपयोगका लागि भूमि बैंकसम्बन्धी कानूनी तथा संस्थागत संरचना निर्माण गरिने मन्त्री पौडेलले बताए ।

आगामी आर्थिक वर्षमा कम्तीमा १०ण् स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने सरकारले लक्ष्य राखेको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?