Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

मुलुकमा बलिया राजनीतिक दलहरू आवश्यकः महासचिव पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीवार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न नसकेको धारणा राखे । उनले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प तथा अठोट लिएको जिकिर गर्दै लोकतन्त्र र गणतन्त्रले नै एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने उल्लेख गरे ।

उनले भने , “राजनीतिक अस्थिरताका कारणले नै हामीले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न सकेको छैन भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले सङ्कल्प तथा अठोट गरेको छ, अब यो मुलुकमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यक छ । हाम्रो पार्टी नेकपा (एमाले)लाई हामी बलियो राष्ट्रिय शक्तिको रूपमा, निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न चाहन्छौँ । मलाई लाग्छ, लोकतन्त्र र गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्दछ ।”

उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ शानदार र भव्यताका साथ देशव्यापी मनाउने जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?