Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउदै समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले नै अरु पार्टीहरुसँग एकतावद्ध भएर जाने सम्भावना देखिँदैन । तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ । अझै कतिपयहरुसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ । हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन सकेको छैन । यसमा हामीले पनि अझै भुमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भुमिका पनि खेल्नुपर्छ । अरुले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला । तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ । त्यसो भयो भने समाजवादी, वामपन्थी शक्तिहरु एक ठाउँमा आउन सक्छन् । सहकार्य अघि बढ्दै जानसक्छ ।’

कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको जिकिर गर्दै उनले पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रुपान्तरण र विकास गर्न नसक्ने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?