Trending
>>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा >>   गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा >>   मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन >>   सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया >>   क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Logo
२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना


काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

देशको पहाडी भू-भागका थोरै र तराई भु-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

यसैगरी ,महाशाखाका अनुसार भोलि दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।


प्रकाशित मिति: ११ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?