Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताए । उनले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गरे । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताए । विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गरे ।

महासचिव पोखरेलले भने, ‘हाम्रा विश्वविद्यालयहरुलाई हामीले इनोभेसन सेन्टरका रुपमा डेभलप गर्नै सकेनौँ । रिसर्च सेन्टरका रुपमा जसरी प्रभावकारी बनाउनुपर्ने हो त्यो गर्न सकेनौँ । हाम्रा रिसर्चहरु व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ । त्यसमा हामी गर्व पनि गर्छौं । तर हाम्रो देशले के पायो ? भन्ने रुपबाट हेर्दा हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुसँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानहरुले सार्थक परिणाम दिन सकेका छैनन् । अहिलेको बजेटले त्यो तर्फ जोड दिन खोजेको छ ।’

महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?