Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन


काठमाडौँ। सिमित श्रोत साधनको कारण विपद् राहत उद्धारमा सरकारले चाहेर पनि धेरै गर्नसक्ने अवस्था छैन। सरकारले मनसुनजन्य विपद् जोखिम न्युनिकरणको नेपाली सेना बाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ ।

मंगलवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्युनिकरण, विपद्पछि हुने राहत,उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको बताए । उनले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पारे । सोही अनुसारको उपकरणहरु पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ । चाहेर पनि विपद् जोखिम न्युनिकरणमा होमिने अवस्था नहुन सक्ने बताए । सिमित श्रोत साधनका कारण यो अवस्था आउनसक्ने उनको भनाइ छ । सिमित श्रोत साधनलाई अधिकतम उपयोग गर्ने र विगतका वर्षहरुबाट पाठ सिक्दा सिमित श्रोत साधनका कारण सुरक्षा निकायले चाहेर उद्धार, खोज गर्न नसक्ने स्थिति रहेको उल्लेख गरे । सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्रीहरु, जनशिक्तको अभाव रहेकाले त्यसलाई पूर्ति गर्नुपर्ने आवश्यकता रहेको बताए । मनसुन प्रतिकार्य कमाण्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट गरिएको उल्लेख गरे । मनसुन प्रतिकार्य कमाण्ड पोस्ट केन्द्रमा मात्र नभइ प्रदेश, जिल्ला, स्थानीय तहमा रहने बताए ।

प्राधिकरणका अनुसार विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ । त्यस्तै ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् । गत वर्षको मनसुनमा ७७ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको थियो । असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको छ । ४५ अर्ब बराबरको सोही अवधिमा क्षति भएको थियो । गत वर्षमात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना बेपत्ता भएका छन् ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?