Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित


काठमाडौँ। राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिबाट भएको संशोधन प्रश्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पेश गर्नुभएको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । मंगलबारको बैठकमा शिक्षा मन्त्री पन्तले संशोधनसहितको प्रश्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका हुन् । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री पन्तले विश्वविद्यालयको भौतिक संरचना सम्पन्न भइसकेको र ओभरहेड पानी ट्याङ्की, बहुउद्देश्यीय हल र आन्तरिक सडक निर्माण भइरहेको जानकारी दिए । साथै ट्रिटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निसिङसम्बन्धी काम चालु आर्थिक वर्षमा सम्पन्न हुने बताए ।

उनले भने, ‘निश्चय पनि यो विश्वविद्यालयले सुदूरपश्चिममामात्र नभई देशको शैक्षिक र स्वास्थ्य क्षेत्रमासमेत महत्वपूर्ण प्रभाव पार्नेछ । नेपालको मेडिकल साइन्स सम्बन्धमा खुलेको यो पहिलो विश्वविद्यालय हो । र, यो देशको पिछडिएको भाग भनेर सधैं चर्चामा आइरहने सुदूरपश्चिममा खुलेको छ । र म आफुपनि के अपेक्षा गर्छु भने कैलाली र कञ्चनपुर हुँदै नेपालका दाजुभाई दिदीबहिनीहरु भारततिर जसरी लर्को लाग्थे अब तिनीहरुको पाइला गेटामा गएर रोकिनेछ । ५१ एक हेक्टरको क्षेत्रफलको जग्गामा पचास वटाभन्दा बढी संरचनाहरु निर्माण भइसकेका छन् । र, हालसम्म ठूला भौतिक संरचना सबै सम्पन्न भइसकेका छन् । जसमा ३९ वटा ठूला भवनहरु रहेका छन् । ओभरहेड पानी ट्याङकी, बहुउद्देश्यीय हल र आन्तरिक सडक निर्माण कार्य भइरहेको छ भने ट्रीटमेन्ट प्लान्ट, फर्निचर तथा फर्निसिङसम्बन्धी काम चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ । यो विश्वविद्यालयप्रति जुन अपनत्व देखाउनुभएको छ माननीयहरुले त्यहाँ त प्रश्न नै छैन । यो विद्यालय राम्ररी सञ्चालन होस्, राजनीति नहोस्, स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने जुन सद्भाव र आशा मात्र छ त्यसैले म त्यसप्रति समर्थन व्यक्त गर्न चाहन्छु । तपाईहरुको चिन्ता, चासो र आशाप्रति मेरो पूर्ण समर्थन रहनेछ ।’

उनले विश्वविद्यालय सञ्चानप्रति सांसदहरुको सद्भाव र आशाप्रति आफ्नो पूर्ण समर्थन रहने बताउँदै विश्वविद्यालयले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने स्पष्ट पारे ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?