
काठमाडौँ । महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला परेकी छिन्।
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागार पुर्याउने रोशनी शाही आइतबार भक्तपुर बालकोटस्थित आफ्नै कोठाभित्र मृत फेला परेकी छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट हो । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आईतवार