
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा न ले यस्तो घोषणा गरेका छन् । उनले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउदै उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताएका छन् । आफूबिरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताउदै उनले गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारेका छन् ।
गृहमन्त्री लेखकले भने, ‘मेरा बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित ग¥यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु । १३ गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरु विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्दछु । गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँ लाख कर्मचारी छ । त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनैपनि बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान शुरु गर्नसक्छ । कुनैपनि कर्मचारीका माथि अनुसन्धान शुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ?आजसम्म त्यस्तो भएको छ । मेराबिरुद्ध राजनीतिक रुपले, नियोजित रुपले षड्यन्त्रमुलक ढंगले झुटो प्रचारबाजी भइरहेको छ ।’
गृहमन्त्री लेखकले आफ्ना बिरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताएका छन् ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार