Trending
>>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल


काठमाडौँ। सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सभापति खानकै लागि मात्रै आफू सभापति नबनेको बताएका छन् ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तत्कालीन समयमा राजनीतिक सहमतिका आधारमा निर्णय गर्दा आफूले सार्वजनिक लेखा समितिको जिममेवारी पाएको बताउदै त्यसमा असन्तुष्टि भएको भए सबै जिम्मेवार बनेर संसलाई पुनः सबै समितिको पुनःविचार गर्न आग्रह गर्नुपर्ने बताएका छन् । उनले समितिको बैठकबाटै राजनीतिक सहमति पुनः गरौँ भनेर निर्णय गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘सभापति खान आएको होइन । मैले बोलेकै हो । त्यतिखेर एउटा राजनीतिक सहमतिका आधारमा एउटा निर्णय निस्कियो । तर ठिक छ त आजको बैठकले सबै जिम्मेवार छौँ । संसदलाई आग्रह गरौँ । सबै समितिको पुनःनिर्वाचन गरि पाउँ । वा राजनीतिक सहमति गरि पाउँ । आज निर्णय गरौँ । नभएदेखि बारम्बार एउटै विषय । व्यक्तिगत रुपमा उसको आचरणमा कमजोर बनाउन, बाहिर भ्युज बढाउन, अपमान गर्न निम्ति यस्तो विषय दोहा¥याउनु हुँदैन ।’

उनले भ्युज बढाउने नाममा अरुको व्यक्तिगत आचरण कमजोर बनाउन अपमान नगर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?