Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल


काठमाडौँ। सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सभापति खानकै लागि मात्रै आफू सभापति नबनेको बताएका छन् ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तत्कालीन समयमा राजनीतिक सहमतिका आधारमा निर्णय गर्दा आफूले सार्वजनिक लेखा समितिको जिममेवारी पाएको बताउदै त्यसमा असन्तुष्टि भएको भए सबै जिम्मेवार बनेर संसलाई पुनः सबै समितिको पुनःविचार गर्न आग्रह गर्नुपर्ने बताएका छन् । उनले समितिको बैठकबाटै राजनीतिक सहमति पुनः गरौँ भनेर निर्णय गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘सभापति खान आएको होइन । मैले बोलेकै हो । त्यतिखेर एउटा राजनीतिक सहमतिका आधारमा एउटा निर्णय निस्कियो । तर ठिक छ त आजको बैठकले सबै जिम्मेवार छौँ । संसदलाई आग्रह गरौँ । सबै समितिको पुनःनिर्वाचन गरि पाउँ । वा राजनीतिक सहमति गरि पाउँ । आज निर्णय गरौँ । नभएदेखि बारम्बार एउटै विषय । व्यक्तिगत रुपमा उसको आचरणमा कमजोर बनाउन, बाहिर भ्युज बढाउन, अपमान गर्न निम्ति यस्तो विषय दोहा¥याउनु हुँदैन ।’

उनले भ्युज बढाउने नाममा अरुको व्यक्तिगत आचरण कमजोर बनाउन अपमान नगर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?