Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सम्पती शुद्धीकरणको मामिलाः नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्यो


काठमाडौँ। सम्पती शुद्धीकरणको मामिलामा ग्रे–लिस्टमा परेको नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले त्यस्तो कारोबार तथा गतिविधि बढेको देखाएको छ । सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले राष्ट्र बैंकमा सम्प्रेषण गर्नुपर्छ । त्यसबारे राष्ट्र बैंकले अभिलेख राख्ने राख्ने गरेको छ ।

‘शंकास्पद कारोवार तथा गतिविधि प्रतिवेदनको संख्या सन २०२३ मा ६ हजार २ सय ५५ रहेकोमा सन २०२४ मा सो संख्या करिव ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३ सय ४ पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईकाअनुसार सन् २०२४ मा त्यस्तो इकाईले जम्मा १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकायमा तथा नियामकीय कारवाहीका लागि नियमनकारी निकायमा पठाइएको छ ।

सो मध्ये ८ सय ८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गर्ने प्रतिवेदनमा उल्लेख छ । सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोवारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको छ ।

सम्पती शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेकोमा सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको छ ।
अघिल्लो वर्षको मध्यतिर नेपाल दोस्रोपटक सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको थियो । फ्रान्सको पेरिसमा फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पती शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा राखेको थियो ।

दुई वर्षअघि एफएटीएफको एशिया प्यासिफिक ग्रुप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि नेपाल ग्रे लिस्टमा परेको थियो । एफएटीएफ सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पती शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्याक लिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ ।

यसअघि फिलिपिन्सको मनिलामा हालै भएको एपीजी बैठकमा नेपालको प्रगतिबारे समीक्षा भएको थियो । त्यसमा नेपालको प्रगति चित्तबुझ्दो नभएको निष्कर्षसहित एपीजीले नेपाललाई जोखिमपूर्ण सूचीमा राख्नुपर्ने गरी सिफारिस गरेको थियो ।

सम्पती शुद्धीकरणमा ग्रे–लिस्टमा परेको नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्नुले नेपाललाई बाहिर निस्कन झनै चुनौती थप्ने देखिन्छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?