Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताउदै २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गरेका छन् । उनले अहिले पनि आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको जिकिर गर्दै उनले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको बताएका छन् ।

अध्यक्ष लिङदेनले भने, ‘नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन । २०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन । २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट भएका होइनन् । त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन । जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौँ । कतिपय साथीहरुले के भन्नुहुन्छ भने तिमीहरु संसदमा छौ, तिमीहरु यही संविधानमा भाग लिइरहेका छौ भनेर । यो हामीले आन्दोलन भनेपनि जे भनेपनि राज्यसत्ताको बिरुद्ध लडाईं शुरु गरेका छौँ । त्यो कसैलाई रिस उठे जस्तो, झोक चलेजस्तो । एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा होइन । तपाईंहरुलाई जति जोश चलेको होला त्यो भन्दा कम जोश मलाई के चलेको होला र ? पाए त आजै फेरिदिनु हुन्थ्यो । आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्नेकुरा त मलाई के कम होला र ? हामीले योजना र रणनीति भन्नेकुरा बिर्सिन हुँदैन ।’

अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताउदै दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?