Trending
>>   संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक >>   जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा >>   शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक >>   २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना >>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली >>   अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी >>   ‘नेपालजस्तो वन सम्पन्न देशमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण’ >>   सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल >>   संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल >>   वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष
Logo
२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् ।

सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउदै स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका छन् । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ । कस्टको लागि हेर्ने हो भने सामग्रीहरु आयात गर्नु भन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा प्रोडक्शनलाई पनि बढवा दिन्छ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेखनिय रुपमा भुमिका खेल्छ । यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?