Trending
>>   निजामति ऐनबारे जसपा नेपालका सांसद अधिकारीको प्रतिक्रियाः सरकारले कानून बनाउने भए संसद किन चाहियो ? >>   महाकाली नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्ध हुने प्रक्रियामा छः मन्त्री दाहाल >>   सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम दिँदै सुनचाँदी व्यवसायीहरुले स्थगित गरे आन्दोलन >>   न्याय पाउनको लागि तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भयोः सांसद कुँवर >>   संघीयता सफल बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण आवश्यकः सांसद ढकाल >>   इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण >>   नेतृत्व गर्ने मान्छेले खुट्टा कमाएर अब मुलुक बन्न सक्दैनः सांसद भण्डारी >>   बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍योः सांसद शर्मा >>   विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद्ः सांसद शर्मा >>   मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यकः मन्त्री भण्डारी
Logo
६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन् ।

प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गरेका छन् ।

उनले भने, ‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस गर्यौं। के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथरि भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम गर्यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रुपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पुर्याउने काम गर्यो । प्रश्रितजीसँग हामीले बहस ग¥यौं । त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषांकमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपी नेपालका राजनीतिक नेताहरुले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमीबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौं । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौं । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’

उनले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भुमिका पनि स्मरण गरेका छन् ।


प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?