Trending
>>   बाढीबाट मृत्यु हुने नाइजेरियालीको संख्या एक सय पुग्यो >>   रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालन >>   सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल >>   आज मिति २०८२ साल जेठ १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु सरल रहेको बताएक छन् ।

सोमवार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाहरु जटिल नरहेको बताएका छन् । उनले झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरु रहे पनि अपनाउन कठिन रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका शिक्षाहरु सरल छन् । एकदम जटिल होइन । एकदम सरल छन् । झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर, सजिलो छ । नराम्रा काम गर्दै नगर । राम्रा कामहरु मात्रै गर । सजिला छन्ः बुद्धका शिक्षाहरु अपनाउन मात्रै गाह्रो हो । सुन्दा सजिला, यो कुन ठूलो कुरा हो जस्तो । तर अपनाउन अलिकति कठिन छन् । हामी ति कुराहरु अपनाऔँ ।’

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा अपनाउनुमा नै मानव जातीको कल्याण रहेको बताएका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?