Trending
>>   टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो >>   मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ १७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी


एजेन्सी। प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ ।

एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा प्रतिवन्धले पानी सेवाहरू लगभग ठप्प भएको बताएको छ । एन्क्लेभमा ८५ प्रतिशत पानी र सरसफाई सुविधाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । जसले गर्दा बासिन्दाहरूलाई प्रतिव्यक्ति प्रतिदिन औसतमा तीन देखि पाँच लिटर पानी मात्र बाँकी छ । विश्व स्वास्थ्य संगठनको १५ लिटरको न्युनतम आपतकालीन मापदण्ड भन्दा धेरै कम हो ।

गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले इजरायललाई व्यापक नाकाबन्दी लागू गरेर र मानवीय आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएर एन्क्लेभमा रहेका २० लाख भन्दा बढी नागरिकहरू विरुद्ध संगठित अपराध गरेको आरोप लगाएको छ । इजरायलले लगातार ७० दिनसम्म सबै गाजा क्रसिङहरू बन्द राखेको छ ।

जसले गर्दा मानवीय र स्वास्थ्य संकट बिग्रँदै गएको भएपनि इन्धन, खाना र चिकित्सा आपूर्ति बोकेका अनुमानित ३९ हजार सहायता ट्रकहरूको प्रवेश रोकिएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?