Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना


काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?