Trending
>>   १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक >>   दिवा खाजा कार्यक्रमको रकम वृद्धि >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट >>   सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ >>   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन >>   वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन >>   जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने >>   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन >>   भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत >>   उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो


एजेन्सी। आईतवार क्यानबेरामा आमाको मुख हेर्ने दिनमा विभिन्न देश र क्षेत्रका बालबालिका भेला भएका छन् ।

बालबालिकाहरूले गीत, नृत्य र वाचन मार्फत आफ्ना आमाहरूलाई आफ्नो कृतज्ञता र शुभकामना व्यक्त गरेका हुन् । कार्यक्रममा हस्तकला क्षेत्र र बहुसांस्कृतिक प्रदर्शनी क्षेत्र पनि थियो । जहाँ आमाबाबु र बालबालिकाहरू विभिन्न राष्ट्रहरूको संस्कृतिहरू अन्वेषण र अनुभव गर्न भेला भएका थिए । यस वर्ष अष्ट्रेलियामा आमाको मुख हेर्ने दिनको १०१ औं उत्सव मनाइएको हो ।

सन् १९०८ मा अन्ना जार्विसले संयुक्त राज्य अमेरिकामा शुरु गरेको आमाको मुख हेर्ने दिनको आन्दोलनबाट प्रेरित भएर सन् १९२० को दशकमा यो छुट्टीले देशमा लोकप्रियता पाउन थाल्यो । सन् १९२४ मा अष्ट्रेलियाली महिला जेनेट हेडेनले अस्पतालहरूमा एक्लो आमाहरूलाई उपहार वितरण गर्ने अभियान शुरु गरे ।

यो पहल एक व्यापक सार्वजनिक उत्सवमा विकसित भयो । जसमा शुद्धता र प्रेमको प्रतीक सेतो कार्नेशनको प्रयोग समावेश गरिएको थियो ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?