Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

१९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक


काठमाडौँ ।आर्थिक क्षेत्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका धेरैजसो सुझावहरुलाई समेटेर आज बिहीबार संसदमा आगामी वर्षका लागि आय व्याय प्रस्तुत गर्नुभएको हो । उहाँले आगामी वर्षका लागि चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड पुजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरेका छन् ।

चालु आवको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. ४ खर्ब १७ अर्ब छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेर्होर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड बेहोर्दा रु ५ खर्ब ९५ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब ३३ अर्ब जुटाइनेछ । अपुग ३ खर्ब ६२ अर्ब आन्तरीक ऋणबाट बेहोरिनेछ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन् । उनका अनुसार गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने अनुमान गरिएको छ । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताए । विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनिय वृद्धिदर हुने अनुमान रहेको बताए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको दाबी गरे । संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भइ ९ लाख २३ हजार पुगेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री पौडेलले भने , ‘अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख भएको छ । गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण छ । उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान छ । विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनिय वृद्धिदर हुने अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको छ । संवत २०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भइ ९ लाख २३ हजार पुगेको छ ।’

उनले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत्र महिनामा ३.४ प्रतिशितमा सिमित रहेको बताएक छन् ।

संसदमा बजेट पेश गर्दै पौडेलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै व्यवसायी /लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए । उनकाअनुसार विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।
रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगले नेपालीलाई विदेशमा लगानी गर्न दिन सरकारलाई सुझाएको थियो । बजेटमार्फत सरकारले विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएवापत नेपाली नागरिकले स्वेट सेयर लिन पाउने व्यवस्था गरेको छ ।

नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर लिन पाउने भएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए वापत स्वेट सेयर लिन पाउने कानूनी व्यवस्था गरिने बताए । उनले सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ ।

विदेशमा लगानी गरेका कम्पनीहरूले आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता व्यवस्था गरिने बताएका छन् । अर्थमन्त्री पौडेलका अनुसार बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको छ । खानीजन्य वस्तुहरुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइने ल्लेख छ ।
त्यस्तै, बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । सरकारले शिक्षित युवालाई उद्यमशिल र स्वरोजगार बनाउन बिनाधितो ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिने समेत घोषणा गरेको छ ।

२ लाख देखि २० लाख सहुलियत कर्जा दिने घोषणा अर्थमन्त्री पौडेलले गरेका छन् । उनका अनुसार शैक्षिक योग्यता, व्यवसाय दर्ता, शिप परिक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावमा आधारमा यस्तो कर्जा दिइनेछ । जसका लागि ७३ करोड बजेट छुट्टाइएको छ । कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ । आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरि निजगढ बनाइने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गर्ने घोषणा गरेको छ । यस्तै ‘आगामी वर्ष पूर्व पश्चिम राजमार्गलाई आधार मानी स्ट्यान्डर्ड गेज मापदण्ड विद्युतीय रेलमार्ग विस्तृत अध्ययन गरिने पनि बजेट भाषणमा भनिएको छ । निर्माणाधीन बर्दिबास निजगढ खण्डको रेलमार्गलाई पूर्व पश्चिम विद्युतीय रेलमार्ग मापदण्डअनुरुप बनाइनेछ ।

आगामी बर्षको बजेटमा गृहणी महिलाको क्षमता, शीपलाई साना तथा घरेलु उद्योगसँग जोडिने कार्यक्रम अघि सारिएको छ भने २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले झापामा आधुनीक रंगशाला निर्माण गरिने, उनले काठमाडौं स्थीत मुलपानी क्रिकेट मैदान, मोरङको गिरिजा प्रसाद रंगशाला, कैलालीको फाप्ला रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माण गर्न ४२ करोड रुपैयाँ बिनियोजन गरेको बताएका छन् ।

अति विपन्न जनताका घरमा छाना फेर्नका लागि सरकारले ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । फुसका छाना विस्थापित गरेर जस्ताका छाना लगाउने उद्देश्यले सरकारले यस अघिनै सुरक्षित आवास कार्यक्रम घोषणा गरेको थियो ।

संविधानले आवासको हकलाई मौलिक हकका रुपमा राखेकाले बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइनेछ । उनका अनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए । उनका अनुसार निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताएका छन् । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको बताए । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा गरेका छन् ।

उनले थप द्धिपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने बताए । सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री पौडेलले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने बताएका छन् । उनले प्रयोगशालाको स्तरोन्नतिको लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने जिकिर गरे । अर्थमन्त्री पौडेलले यसबाट नमुना परीक्षणको लागि विदेशमा पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अगुपेन्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनेछ । सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिनेछ।

बजेटमा सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने अर्थमन्त्रीले घोषणा गरेका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा वाय प्रदूषण कम गर्न साझालाई उक्त संख्यामा थप बस उपलब्ध गराउनेछ ।

बजेटमा सरकारको स्वामित्वमा रहेको नेपाल दुरसञ्चार कम्पनीको सेयर नागरिकमा पनि वितरण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री पौडेलका अनुसार नेपाल सरकारको बहुमत सेयर कायम रहनेगरी नेपाल दुरसञ्चार कम्पनी ३० प्रतिशत सेयर आमनागरिक वितरण गरिने बताए । बजेटमा महिलाको नाममा उद्योग दर्ता निशुल्क, आगामी वर्षबाट ७० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाइनेछ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?