Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने


काठमाडौँ ।सरकारले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाउने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल सञ्चालित उद्योगमा यसअनुरुपको गुणस्तर वृद्धि गर्न दायि प्रतिष्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको बताएका छन् । पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी, समग्र इकोसिस्टममा परेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए । जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्ने बताए । जलवायु कोषहरुमा वित्तीय कोष अभिवृद्धि गर्ने बताए
। सगरमाथा संवादका निष्कर्षहरु कार्यान्वयन गर्ने बताए ।

विश्व समुदायसँगको सहकार्यमा जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने बताए । कार्बन व्यापारका सबै आयामहरु समेट्ने गरी नीतिगत स्पष्टता ल्याइने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?