Trending
>>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री >>   फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई >>   राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली >>   इतिहासमाथि ओलीको टिप्पणीः पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुनेकुरा मात्रै सिकाउँछ
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउदै उनले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताएका छन् । उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताउदै भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरेका छन् । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताएका छन् ।

उनले भने, “भारतको विभिन्न राज्यमा थुप्रै नेपालीहरू बसोबास गर्दै आउनुभएको छ । भारतस्थित नेपाली राजदुतावासले भारतमा रहेका नेपालीहरूको दुःख र पीडामा मलहम लगाउनुको साटो कुनै सिफारिस लिन जाँदा थुप्रै पैसा खर्च हुने गरेको गुनासो आएकोले यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यस्तै थुप्रै नेपालीहरूले त्यहाँ बालबच्चा जन्माउनुहुन्छ, नेपालमा आएर नागरिकता लिन खोज्दा खेरी नागरिकता लिन सकस परेको उहाँहरूको गुनासो छ । यस्तै, भारतमा रहेका नेपालीहरू, जो उद्योगी व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले नेपालमा लगानी गर्दा सरकारले कुनै सहयोग नगरेको गुनासो छ, त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

उनले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?