Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको बताएका छन् । उनले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रुपान्तरण हुन जरुरी रहेको बताए । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्यायाउने काममा लाग्नुपर्ने बताएका छन् । आज राज्य जनतासँग नजिक भएको अनुभुति हुन नसकेको बताए । सुशासन र सेवा प्रवाहका बारेमा राज्य रुपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गरे । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको बताए ।

सचिव भट्टराईले भने, ‘हामी वामपन्थीहरु, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ । संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकी सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो । जहाँ बहुदलीय प्रतिष्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ । त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन । आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो ? हो हामी आवश्यक पर्दा रुपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने । आज राज्य जनतासँग नजिक भएको अनुभुति भएन । सुशासन, डेलिभरीका कुराहरु छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन ।’

सचिव भट्टराईले अवसरहरुको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताए । सुशासन, सेवाहरु सहज बनाउनुपर्ने आवश्यकता रहेको बताए । राज्य रुपान्तरण हुन जरुरी रहेको बताउँदै विगतको रुपान्तरणले नपुगेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?