Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको बताएका छन् । उनले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रुपान्तरण हुन जरुरी रहेको बताए । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्यायाउने काममा लाग्नुपर्ने बताएका छन् । आज राज्य जनतासँग नजिक भएको अनुभुति हुन नसकेको बताए । सुशासन र सेवा प्रवाहका बारेमा राज्य रुपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गरे । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको बताए ।

सचिव भट्टराईले भने, ‘हामी वामपन्थीहरु, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ । संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकी सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो । जहाँ बहुदलीय प्रतिष्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ । त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन । आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो ? हो हामी आवश्यक पर्दा रुपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने । आज राज्य जनतासँग नजिक भएको अनुभुति भएन । सुशासन, डेलिभरीका कुराहरु छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन ।’

सचिव भट्टराईले अवसरहरुको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताए । सुशासन, सेवाहरु सहज बनाउनुपर्ने आवश्यकता रहेको बताए । राज्य रुपान्तरण हुन जरुरी रहेको बताउँदै विगतको रुपान्तरणले नपुगेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?