Trending
>>   नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा >>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

आज मिति २०८२ साल वैशाख २४ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८१ साल वैशाख २४ गते बुधबार ( May 07 2025) वैशाख शुक्लपक्ष,दशमी, १३:०५ बजेपछि एकादशी

मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ ।

बृष – पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ ।

मिथुन – व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ ।

कर्कट – बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

सिंह – व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् ।

कन्या – स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला ।

तुला – व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानी नहुदा दैनिकि प्रभावित हुनेछ । सरकारी स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिने सम्भावन रहेकोछ ।

बृश्चिक – काम गर्ने सवालमा शक्तिशाली व्याक्तिहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा आफू कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपार्ईँको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन ।

धनु – लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर – सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ ।

कुम्भ – भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खा

मीन – खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउँनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला ।

 


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?