Trending
>>   फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई >>   राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली >>   इतिहासमाथि ओलीको टिप्पणीः पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुनेकुरा मात्रै सिकाउँछ >>   इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बद्नाम हुँदैनः प्रधानन्यायाधीश राउत >>   नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस्ः कानूनमन्त्री चौरसिया >>   बजेट सन्तुलित, विकासोन्मुख र महत्वकांक्षीः अध्यक्ष अग्रवाल >>   बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरिएको छः अध्यक्ष सिंह >>   बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल >>   राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङदेन >>   शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेनः जनार्दन शर्मा
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रपति पौडेलले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको र स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताएका छन् । त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गर्दै यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने बताएका छन् । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ । हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको छ । संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताउदै दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?