Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेट सन्तुलित, विकासोन्मुख र महत्वकांक्षीः अध्यक्ष अग्रवाल


काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले आगामी आर्थिक वर्ष (२०८२—०८३) का लागि ल्याएको बजेट सन्तुलित, विकासोन्मुख र महत्वकांक्षी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजको विषयमा परिस्थितिमा निजी क्षेत्र आर्थिक शिथिलताबाट पीडित रहेको र अर्कोतर्फ सरकारका दायित्वहरु बढ्दो क्रममा रहेको बताए । बजेट देशको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर आएको बताएका छन् । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रित रहेको बताएका छन् ।

अध्यक्ष अग्रवालले भने, ‘आजको यो विषम परिस्थितिमा ल्याइएको यो बजेट एकातर्फ निजी क्षेत्र आर्थिक शिथिलताबाट पीडित रहेको छ भने अर्कोतर्फ सरकारका दायित्वहरु बढ्दो क्रममा रहेको देखिएको छ । तर पनि यो आएको बजेट सन्तुलित, विकासोन्मुख र महत्वाकांक्षी पनि रहेको छ । बजेट देशको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर राम्रो प्रयासस्वरुप आएको छ । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ यो बजेट केन्द्रित रहेको छ । विगतमा जस्तो सरकारले नसक्ने योजना नहुने स्पष्ट नीति देखिएको छ । यो बजेटको ठूलो टर्निङ प्वाइन्ट हो ।’

अध्यक्ष अग्रवालले हवाई टिकटमा लाग्दै आएको भ्याट हटाएको भए पर्यटन क्षेत्रलाई धेरै सहज हुने बताए । वैदेशिक ऋण र अनुदान अहिलेको भूराजनीतकि परिस्थितिले सहयोगमा कटौति भइरहेको भन्दै त्यसलाई ध्यान दिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?