Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरिएको छः अध्यक्ष सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पारेका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समुदाय र समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताए । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको बताए । उनले निर्माण क्षेत्रमा भने सोचेअनुसार समेट्न नसकेको बताए ।

अध्यक्ष सिंहले भने, ‘आगामी आर्थिक वर्षको बजेटलै कुनै एउटा समुदायलाई, कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम गरेको छैन । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रलाई पनि समेट्ने कोशिस गर्दै गर्दा नीति तथा कार्यक्रम आउँदा जति उत्साहित थियौँ, निर्माण क्षेत्रमा रहेका समस्या राज्यले पहिचान गरिसकेको छ, यसलाई सम्बोधन गर्नेकुरा राज्यले प्राथमिकतामा राखेको छ भन्नेकुरा सोचेका थियौँ, बजेटबाट ति समस्या सम्बोधन गरिन्छ भन्ने थियो । केही कुराहरु समावेश भएका छन् ।’

अध्यक्ष सिंहले सरकारले निर्माण क्षेत्रमा भएका समस्या समाधान गर्नेकुरामा निर्माण व्यवसायीहरुले दिएका सुझावहरु समेट्न नसकेको बताए । रुग्ण योजनाहरु सम्बोधन गर्न बजेटमै नेपालको कर्मचारीहरुलाई सहज गरिदिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?