Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरिएको छः अध्यक्ष सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पारेका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समुदाय र समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताए । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको बताए । उनले निर्माण क्षेत्रमा भने सोचेअनुसार समेट्न नसकेको बताए ।

अध्यक्ष सिंहले भने, ‘आगामी आर्थिक वर्षको बजेटलै कुनै एउटा समुदायलाई, कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम गरेको छैन । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रलाई पनि समेट्ने कोशिस गर्दै गर्दा नीति तथा कार्यक्रम आउँदा जति उत्साहित थियौँ, निर्माण क्षेत्रमा रहेका समस्या राज्यले पहिचान गरिसकेको छ, यसलाई सम्बोधन गर्नेकुरा राज्यले प्राथमिकतामा राखेको छ भन्नेकुरा सोचेका थियौँ, बजेटबाट ति समस्या सम्बोधन गरिन्छ भन्ने थियो । केही कुराहरु समावेश भएका छन् ।’

अध्यक्ष सिंहले सरकारले निर्माण क्षेत्रमा भएका समस्या समाधान गर्नेकुरामा निर्माण व्यवसायीहरुले दिएका सुझावहरु समेट्न नसकेको बताए । रुग्ण योजनाहरु सम्बोधन गर्न बजेटमै नेपालको कर्मचारीहरुलाई सहज गरिदिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?