Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस्ः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताएका छन् ।

शनिवार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताए । आम नागरिकको आशा र भरोसाको केन्द्र न्यायपालिका भएकोले न्याय निरुपण गर्दा र निरुपण गरिएका हरेक विषय कार्यान्वयनमा न्यायमूर्तिहरुको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिए । व्यवस्थापिकाले कानून बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने भएकाले संविधानसम्मत कानून बनेको छ वा छैन र कार्यपालिकाले ठिक ढंगले प्रयोग गरेको छ कि छैन भनेर अनुगमनको जिम्मेवारी पनि न्यायपालिकाकै भएको उनको भनाई छ ।

उनले भने, ‘कानून मन्त्रायबाट न्यायपालिकालाई हर सम्भव सहयोग रहन्छ । न्यायपालिकाको गरिमा प्रधानन्यायाधीशको नेतृत्वमा अगाडि बढीरहेको छ । भारत र ब्रिटिश न्यायपालिकासँग थप सम्बन्ध स्थापित भएको छ । न्यायमूर्तिहरुले न्याय निरुपण गर्दा निरुपण गरिएका हरेक विषय कार्यान्वयन गर्नुहुन्छ । मान्छे सरकारबाट हास् वा कार्यपालिकाबाट हुने कुनै किसिमको अन्यायको आशा र भरोसाको केन्द्र न्यायपालिका नै हो । देशभरका न्याय निरुपण गर्ने जिम्मेवारी श्रीमानहरुकै हो । मधेसमा एउटा कथा छ कुनै पढेलेखेको विद्वान मान्छे आफ्ना बालबच्चा र परिवार लिएर ससुराल जाँदै थियो । इन्जिनियर नदी किनारामा कति गहिरो छ भन्दै नापेर रेसियो निकालेर सबै परिवारलाई खोला तर्न खोलामा छिराइदियो । बच्चाहरु रुन थाले अनि बाहिर निस्केर गएर हिसाव किताव चेक गर्न थाले तर सबै ठिक छ । तर, बच्चाहरु किन डुब्यो ? बच्चा डुबिसकेपछि श्रीमतीसँग भन्छन् हिसाव किताव ठिक छ तर बच्चाहरु कसरी ठडुबे । बुद्धि नभएका विद्या कुनै कामको हुँदैन । आम जनतालाई सेवा दिँदा तपाइहरुले न्यायको साथ साथै विवेकको पनि प्रयोग गर्नुपर्छ । तपाईंहरुले गरिदिएको छिटो छरितो कामबाट जनतामा विश्वास अझै बढ्नेछ । दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्छ । व्यवस्थापिकाले कानून बनाइदिने, कार्यपालिकाले प्रयोग गर्ने, संविधानसम्मत कानून बनेको छ कि छैन, कार्यपालिकाले ठीक ढंगले प्रयोग गरेको छ कि छैन ? त्यसको सबै अनुगमन गर्ने काम भनेको न्यायपालिकाले हो ।’

उनले न्यायपालिकालाई आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?