Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

नीति तथा कार्यक्रम चुस्त र सही भएको एमाले सचिवालय बैठकको निष्कर्ष


काठमाडौँ। नेकपा (एमाले) ले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताएका छन् । उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरेको बताउदै सांसदहरुले ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए ।

विगतका सरकारहरुले शुरु गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरुको सुझाव रहेको बताएका छन्। संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरु प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनको भनाइ छ ।

उनले भने, ‘नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशको हिसावले पनि सही भएको बैकले निश्कर्ष निकालेको छ । त्यसलाई समर्थन गर्दै सकारात्मक रुपमा ग्रहण गर्दै नेता कमरेडहरुले आगामी बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिनुभएको छ । मुलतः नीति तथा कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणामुखी होस्, विगतमा योजनाहरुको छनोट, स्रोतहरुको विन्यास र योजनाहरुको प्रथमिकिकरणम धेरै भद्रगोल देखिएको छ । संघ सरकारसँग झन्डै १८ हजार योजनाहरु छन् र खरबौ रुपैयाँको दायित्व बाँकी रहने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाएको अवस्था छ । यो अव्यवस्थालाई चिर्दै बजेट आयोस्, संघ सरकारले राष्ट्रिय स्तरका रणनैतिक कुराहरुमा बढी फोकस गरोस् बाँकी कुरा प्रदेश स्थानीय तहलाई छोडोस भन्ने तहमा नेताहरुले विशेष जोड दिनुभएको छ ।’

उपमहासचिव ज्ञवालीले नेताहरुले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताउंदै किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । उनका अनुसार सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरुको छ ।

उनले भने, ‘यो बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्छ । त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्गको समानान्तर मदन, भण्डारी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरु त्यस्का सघन क्षेत्रहरु निर्माण गर्ने र किसानहरुलाई जमिन प्रविधि बजार र वचतको इको सिस्टमभित्र ढालेर उहाँहरुको आम्दानी बढाउने र मुुलुकलाई कृषिमा आत्मनिर्भर हने गरी अगाडि बढाउनका लागि बजेट त्यसमा फोकस होस् भन्ने पनि सुझा प्राप्त भएको छ । त्यसैगरी, नीति कार्यक्रममा जेन जी पुस्तालाई केन्द्रबिन्दुमा राखेर उद्यमशिलता उद्यमको इको सिस्टम निर्माण गर्ने भनिएको छ, त्यो कुरालाई फोकस गर्दै उहाँहरुसँगै बस्दै उहाँहरु के चाहनु हुन्छ र कठिनाइ के हो भनेर सूचना प्रविधिलाई विकासको महत्वपूर्ण उत्तोलकको रुपमा इनेबलरको रुपमा कसरी अगाडि बढाउन सकिन्छ उहाँहरुकै साझेदारीमा सूचना प्रविधिको जुन अथाह सम्भावना छ त्यसलाई ढोका खोल्ने गरी यो बजेटले ध्यान दिनुपर्छ भन्नेकुरामा सुझाव आएको छ ।’

उपममासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?