Trending
>>   आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी >>   प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल >>   विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा >>   शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त >>   गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा >>   सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन >>   शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी >>   राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन >>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत
Logo
२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पुर्याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्याएको बताएका छन्।

आईतवार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गैरआवासीय नेपाली नागरिकहरु (एनआएन)लाई दिएको प्रमाणपत्र कामकाजीको नभई कागज मात्र भएको उल्लेख गर्दै त्यसलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्

आफू प्रधानमन्त्री भएकै बेला गैरआवासीय नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त कोषमा हालसम्म १ सय २० अर्ब रुपैयाँ जम्मा भइसकेको बताउदै उनले गैरआवासीय नेपाली नागरिकको सामाजिक कोषमा जम्मा भएको रकमको सदुपयोग गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको बताएका छन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको बेला गैरआवासीय नेपालीहरुलाई संविधानको भावनाअनुसार प्रमाणपत्र दिएका थियौं । तर यो कागज मात्रै भएको छ कामकाजी भएको छैन । त्यसलाई कामकाजी बनाउन सम्पूर्ण प्रयास गरिनेछ । यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । त्यसैगरी विश्वभरी छरिएर रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नको लागि मैल प्रधानमन्त्रीको रुपमा एकचोटि एनआएनहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने घोषणा गरे भने अर्कोचोटि देशभित्रको औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने घोषणा गरेको थिए । आज मलाई खुशी र गर्वको महशुस भएको छ कि अहिले उक्त कोषमा १२० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । अब यसको सदुपयोग गर्ने जिम्मेवारी नेपाल सरकारको छ, नेपालका राजनीतिक नेतृत्वको छ । यसलाई पनि हामी गम्भिर रुपले लिने नै छौं । ’

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुश रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले आर्थिक समृद्धि हासिल गर्न एनआएनसँग भएको स्रोतको सदुपयोग गर्दै ऐतिहासिक सहकार्य आवश्यक रहेको बताएका छन्।

एनआएरएनएको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) चयन भएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?