Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

ओली-प्रचण्ड भेटपछि माओवादीले भन्योः संक्रमणकालीन न्याय टुंग्याउन भइरहेको प्रक्रिया सकारात्मक पायौँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आईतवार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताएका छन् । अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए। जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएको उपमहासचिव पुनले बताए । संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राख्नुभएको र सोमवार अध्यक्ष दाहालसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

उपमहासचिव पुनले भने, ‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्युसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरुमा छलफल भएको छ । प्रधानमन्त्रीज्युले अहिले भइरहेका प्रक्रियाहरु, पीडितहरुले उहाँसँग उठाएका सरोकारका विषयहरु र नेपाली काँग्रेसका सभापतिज्युसँग पनि भिक्टिमहरु गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरुमा छलफल भयो । यो प्रक्रिया सकारात्मक रुपले अघि बढिरहेको नै पायाँै । कहाँ पुग्यो र के भइरहेको छ भन्ने विषयमा प्रधानमन्त्रीज्युले प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउनु भयो ।’

उनले टिआरसीसँग सम्बन्धित प्रक्रियाहरु सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरुले पाएको बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?