Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अहिले विचौलिया राज छ, पार्टीदेखि आर्थिक संस्थाहरु कब्जामा छन्ः स्वर्णिम वाग्ले


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताउदै अहिले विचौलियाको राज भइरहेको आरोप समेत लगाएका छन् । उनले पार्टीहरु विचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरु पनि कब्जामा रहेको समेत बताएका छन् ।

उनले भने,‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ । किनकी स्वार्थ बाझिन्छ । अहिले जुन विचौलिया राज जुन भइरहेको छ । पार्टीहरु कब्जामा छन् । आर्थिक संस्थाहरु कब्जामा छन । यो एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।’

वाग्लेकाअनुसार भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–ब्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैर बैंकिङ सम्पती डरलाग्दो तवरले बढेको समेत उनले बताएका छन्।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?