Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताएका छन् ।

शनिवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउदै नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताएका छन् । नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने र देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ । उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताउदै नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताएका छन् ।

उनले भने, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधिनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधिनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुलाई तलमाथि पर्न नदिइ र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरु यी कुराहरुलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ । हामी देशभित्र शान्तिको पक्षमा छौँ, बाह्य पनि शान्तिको पक्षमा छौँ । र मानवजातीले हासिल गरेका उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि हुुनुपर्छ भनेर हामी ठान्छौँ । यी कुरा हाम्रा फण्डामेन्टल कुराहरु हुन् । हामीसुमधुर छिमेक सम्बन्ध, फलदायी सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध । पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध राखेर अगाडि बढ्छौँ । हाम्रा आन्तरिक र वाह्य नीतिहरु सबै सुस्पष्ट र सही छन् । हामी संयुक्त राष्ट्र संघलाई अन्तरर्राष्ट्रिय सम्बन्धको हिसाबमा विश्व अर्डरको हिसाबमा, संयुक्त राष्ट्रसंघलाई केन्द्र भावका राखेर संयुक्त राष्ट्रसंघको मानव अधिकारको घोषणा पत्र र समानताका लागि विकासका लागि हामीले समानता शान्ति र विकासका लागि अन्तरर्राष्ट्रिय सम्बन्ध र अनुवन्धहरु गरेका छौँ, त्यसप्रति दृढ रहँदै मुख्यरुपमा संयुक्त राष्ट्र संघका मूल्य,मान्यताहरुलाई सर्वोपरी र केन्द्रभागमा राखेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । असम्लग्न आन्दोलन आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौँ सबैसँग मित्रता छैन कसैसँग शत्रुता हाम्रो नीति रही आएको छ ।’

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि आधारभुत आवश्यकता भएको बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?