Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस्ः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको र नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताएका छन् । उनले सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिंदै संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताउदै विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्न निर्देशन दिएका छन्।

उनले भने, ‘प्वाइन्टहरु साथीहरुले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरु बोल्नुहोला ताकि कुरा नछुटोस् , नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरु प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुप¥यो । सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरुको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरुले गलत कुरामा उठेको खण्डनहरुमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रश्तुत गरेर आउनु म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?