Trending
>>   गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी >>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   संसद अब त खुल्नुपर्ने होः सभापति देउवा
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना


काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो :सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती :देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?